धनगढी, २० साउन । कैलालीको धनगढी उप–महानगरपालिका–१ स्थित रहेको सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वाटर कैलालीमा कार्यरत जवान हरिषकुमार शाहीको शव भेटिएको छ ।
शाहीको डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिका–१ बस्ने वर्ष ३१ का सशस्त्र प्रहरी जवान शाही सोही कार्यालयको परिसरभित्र उत्तर पट्टीको कम्पाउण्ड नजिक पानी जमेको स्थानमा घोप्टो अवस्थामा मृत फेला परेको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरी टोली खटिई गई घटनास्थल लाशजाँच मुचुल्का लगायतका कार्य पूरा गरी लाश पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा पठाएको र घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया