८ कार्तिक २०८३, आइतबार

कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिएका छन् ।

आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिइएको बताइएको छ । करिब एक वर्षअघि घिसिङको कार्यकाल पूरा भएपछि निवर्तमान सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।

तर, उनको काम सन्तोषजनक नभएको बहाना गर्दै नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई हटाएर पुनः कुलमानलाई नियुक्ति गर्न निर्देशन दिएका हुन् ।