८ कार्तिक २०८३, आइतबार

राप्रपालाई आन्दोलित रुपमा लगिन्छ : अध्यक्ष थापा

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी दिनमा पार्टीलाई आन्दोलित रुपमा अगाडि बढाउने बताएका छन् ।

आन्दोलन र अभियानको क्रममा ङस्गठन सुदृढीकरण गर्दै महाधिवेशनलाई केन्द्रमा राख्ने थापाले बताए । पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिको आयोजनामा आज आयोजित भर्चुअल बैठकलाई सम्बोधन गर्दै समिति संयोजक समेत रहेका थापाले स्थानीय निकाय निर्वाचनको तयारीलाई तीव्रता दिन समेत थापाले सहभागीहरुलाई आग्रह गरे ।

महाधिवेशनअघि पार्टीको स्थानीय तह गठन, पुनर्गठन र अधिवेशनलाई उच्च प्राथमिकता दिई अघि बढ्नुपर्ने आवश्यकता औल्याउँदै थापाले महाधिवेशन पश्चात् भ्रष्टाचार, सर्वसत्तावाद, धर्मपरिवर्तन, बेरोजगारका बिषयमा शसक्त आवाज उठाउँदै पार्टी आन्दोलित हुने बताए । राप्रपालाई अग्रणी राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउनका लागि सबैले शसक्त भुमिका निर्वाह गर्नुपर्नेमा थापाको जोड थियो ।

महाधिवेशन, स्थानीय निकाय निर्वाचन र संसदीय निर्वाचनलाई दृष्टिगत गर्दै कार्ययोजना अनुरुप कार्यतालिका बनाएर प्रभावकारी रुपमा परिचालित हुन थापाले पार्टी मातहतलाई आग्रह गरेका छन् । थापाको संयोजकत्वमा केही समयअघि परिचालन समिति गठन भएको थियो ।