
बुटवल, १९ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मंगलबार दिउँसो प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
लुम्बिनीमा यसअघि पनि विपक्षीले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको थियो । ३४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित बुझाइएको अविश्वास प्रस्तावमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।
यसअघि साउन १८ गते एमाले नेतृत्वको वर्तमान सरकारको वैधानिकता नरहेको भन्दै विपक्षी गठबन्धनका ४१ जना सांसदले नयाँ सरकार गठनको माग गर्दै हस्ताक्षर बुझाएका थिए ।
यसैबीच अविश्वासको प्रस्ताव दर्तासँगै उनीहरुले सो प्रस्तावमाथि छलफलका लागि विशेष अधिवेशनको समेत माग गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मुख्यमन्त्री पोखरेललाई प्रदेशसभाको समर्थन नरहेको भन्दै अविश्वास प्रस्तावमाथि छलफलको माग गरेका हुन् ।















प्रतिक्रिया