८ कार्तिक २०८३, आइतबार

दार्चुला घटनाबारे भारतसमक्ष औपचारिक विरोध जनाउन एमालेको माग

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काट्दा नेपाली नागरिक महाकाली नदीमा खसेको घटनाप्रति भारतसामू औपचारिक विरोध जनाउन माग गरेको छ ।

प्रतिनिधिसभाको बैठक शुरू हुनासाथ विशेष समय लिएर आफ्नो धारणा व्यक्त गर्दै एमाले सांसद गणेशसिंह ठगुन्नाले एसएसबीको जवानले तार काट्दा जयसिंह धामी नदीमा खसेकाले भारतसमक्ष सरकारले औपचारिक रुपमै विरोध जनाउनुपर्ने बताएका हुन् ।

उनले त्यहाँ उपस्थित मानिसहरुले तार नकाटिदिन हारगुहार गर्दा पनि तार निकाल्दा दुःखद र अमानवीय घटना घटना घटेको भन्दै प्रत्यक्षदर्शीहरुको बयान र जयसिंह धामीको परिवारले किटानी जाहेरी दिइसक्दा पनि सरकारले भारतीय राजदूतलाई बोलाएर औपचारिक बिरोध जनाउन नसकेको आरोप समेत लगाएका छन् ।

सांसद ठगुन्नाले भने, ‘भारतीय राजदूतलाई बोलाएर विरोध जनाउन, दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिलाउनुको सट्टा प्रशासनिक कर्मचारीको नेतृत्वमा छानविनको नाटक गरेर घटना साम्य पार्ने प्रयास गरिरहेको छ ।’