८ कार्तिक २०८३, आइतबार

सुडान मिशनमा नेपाली शान्ति सैनिकहरूको अदली बदली शुरु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । दक्षिण सुडानस्थित यूएनएमआईएसएस मिशनमा रहेका नेपाली शान्ति सैनिकहरुको अदली बदली शुरू भएको छ ।

संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ यूएनएमआईएसएस मिशन दक्षिण सुडानमा तैनाथ कालिध्वज गण (शान्ति सेना)को १०औं डफ्फालाई बदली गर्नका लागि प्रमुख सेनानी शिखर ज.ब.रा.को नेतृत्वमा श्रीजंग गण (शान्ति सेना) ११औं डफ्फाको २३३ जना नेपाली शान्ति सैनिक यही साउन १९ गते यूएन चार्टर्ड फ्लाइटमार्फत मिशन ईलाकातर्फ प्रस्थान गरेका छन् ।

साथै दक्षिण सुडानमा आफ्नो कार्यकाल समाप्तीपश्चात नेपाली शान्ति सैनिकहरुको टोली क्रमशः साउन २० गते (पहिलो फ्लाइट), भदौ ९ गते (दोस्रो फ्लाइट) र भदौ ३० गते (तेस्रो तथा अन्तिम फ्लाइट)मार्फत नेपाल आइपुग्ने नेपाली सेनाले जनाएको छ ।

कोभिड–१९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएको अदली बदलीको दौरानमा सम्पूर्ण सुरक्षा सतर्कता तथा कोभिड–१९ प्रोटोकलहरूको पालना गरिएको सेनाको भनाइ छ ।