८ कार्तिक २०८३, आइतबार

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । सप्तरी र कैलालीमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयको समाचार कक्षले दिएको जानकारी अनुसार सप्तरीको खडक नगरपालिका–४ अमहास्थित सडकमा सोमबार साँझ भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सप्तरी शम्भुनाथ नगरपालिका–७ बस्ने २८ वर्षीय बुद्ध सागर चौधरी र सिरहा लहान नगरपालिका–१७ बस्ने २८ वर्षीय रामशंकर यादव छन् ।

बा. २ ख ५६८२ नम्बरको बसलाई स. ११ प ४०३८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई प्रदेश नम्बर २–०१–००१ प ९५५६ नम्बरको मोटरसाइकलमा ठोक्किदा दुर्घटना भएको हो । मृत्यु हुनेहरुमध्ये स. ११ प ४०३८ नम्बरको मोटरसाइकल चालक चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका भएका प्रदेश नम्बर २–०१–००१ प ९५५६ नम्बरको मोटरसाइकल चालक यादवको सप्तऋषि अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य दुई जनालाई सप्तऋषि अस्पताल हुँदै थप उपचारको लागि न्यूरो अस्पताल बिराटनगर पठाइएको छ ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै कैलालीको गौरीगंगा नगरपालिका–३ बासुदेबस्थित सडकमा से. १ प ८५११ नम्बरको मोटरसाइकल पिल्लरमा ठोकिएर सोमबार राति दुर्घटना हुँदा भई मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरूषको मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।