
बुटवल, १८ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल असंवैधानिक रुपमा सत्तामा कायम रहेको भन्दै विपक्षी दलहरूले हटाउने तयारी गरेका छन् ।
पोखरेललाई हटाएर नयाँ ढङ्गबाट सरकार गठनको माग गर्दै प्रदेश प्रमुखलाई निवेदन दिने तयारी उनीहरूले गरेका छन् । प्रदेशसभामा अल्पमतका बाबजुद मुख्यमन्त्री पोखरेलले सत्ता सञ्चालन गरेको दाबी विपक्षीहरूको छ ।
काँग्रेस, माओवादी केन्द्र लगायतका विपक्षी दलले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष माग गर्न लागेको बताइएको छ ।
केन्द्रीय सत्ता समीकरणमा भएको फेरबदलसँगै प्रदेश सरकारहरूमा समेत हलचल शुरू भएको छ । सरकारले प्रदेश प्रमुखहरू समेत परिवर्तन गरेर सत्तालाई अस्थिरतातर्फ लैजाने बाटो रोजेको छ ।















प्रतिक्रिया