९ कार्तिक २०८३, सोमबार

नेपालगञ्जमा अबैध मोबाइल सामानहरू बरामद

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगन्ज, १८ साउन । जिल्ला प्रहरी बाँकेले भारतबाट नेपालगन्ज ल्याउदै गरेको अवैध सामाग्री बरामद गरेको छ ।

लुकिछिपी रुपइडिहाबाट ल्याउदै गरेको १ काटुन मोबाइलका सामानहरू नेपालगन्ज–१५ बाट बरामद गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।

बाँके प्रहरीको प्रमुखको रुपमा एसपी श्यामकृष्ण अधिकारी आएपछि अवैध रुपमा भारतबाट नेपाल भित्र्याइने सामग्रीहरूमाथि प्रहरीले कडाइ गर्दै आएको छ ।

बरामद गरिएका अवैध मोबाइलका सामग्रीलाई नेपालगन्ज भन्सार कार्यालय बुझाइएको बाँके प्रहरीले जानकारी दिएको छ ।