९ कार्तिक २०८३, सोमबार

लुम्बिनीको सभापति–महामन्त्रीमा देउवा–पौडेल समूहबीच घम्साघम्सी हुने, को–को छन् उम्मेदवार ?

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । नेपाली कांग्रेसको १४औँ महाधिवेशन निकट आएका बेला लुम्बिनी प्रदेशमा पनि महाधिवेशनको रौनक बढेको छ ।

विशेष गरेर लुम्बिनी प्रदेशको सभापति र महामन्त्री पदमा आकर्षण देखिएको छ । कांग्रेसका नेताहरू सभापति र महामन्त्री हत्याउन मतादाताहरूलाई फकाउनेदेखि आफ्नो पक्षमा माहोल बनाउन थालका छन् । सभापति र महामन्त्रीमा उम्मेदवार बन्ने सोँच बनाएका नेताहरूले भित्री रुपमा प्रचार प्रसार शुरु गरिसकेका छन् ।

लुम्बिनी प्रदेशमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच कडा टक्कर हुनेछ । लुम्बिनीमा देउवा समूह बलियो रहेको चर्चा छ । पौडेल समूहले पनि लुम्बिनीमा आफू बलियो रहेको दाबी गर्दै आएको छ ।

देउवा समूहबाट सभापतिमा देवेन्द्रराज कँडेल, राजु खनाल, कृष्णकिशोर घिमिरे, अब्दुल रज्जाकसहितका नेताहरू नाम चर्चामा छ ।

देवेन्द्रराज कँडेल मन्त्री, सांसद र केन्द्रीय सदस्य भइसकेका कारण लुम्बिनी प्रदेशमा भन्दा पनि केन्द्रीय कार्यसमितिमा पदाधिकारीमा उम्मेदवार बन्ने सोँचमा छन् । केन्द्रीय कार्यसमितिमा पदाधिकारी वा सदस्यमा उम्मेदवार जित्न नसक्ने अवस्था रह्यो भने कँडेल लुम्बिनी प्रदेशको सभापतिमा आउन सक्ने चर्चा सानेपातिर छ ।

देउवा समूहबाट युवा नेता एवम् पूर्वसांसद राजु खनालको चर्चा पनि निकै छ ।

पौडेल समूहबाट सभापतिमा अमरसिंह पुन, सञ्जयकुमार गौतम, वीरबहादुर राना, सुरेन्द्र आर्चायको नाम चर्चामा छ । यो समूहमा अमरसिंह पुन बलियो मानिन्छन् । नेता पुन माओवादीको कथित जनयुद्धका बेला रोल्पा जिल्लामा बसेर कांग्रेसको संगठन बनाएका थिए ।

महामन्त्रीमा देउवा समूहबाट विमल ढकाल, विक्रम खनाल, राजेश आचार्यको नाम चर्चामा छ । देउवा समूहबाट विमल ढकालको चर्चा अलिक धेरै छ ।

पौडेल समूहबाट विष्णु मुस्कान, मनोजमणि आचार्यलगायतका नेताहरूको नाम चर्चामा छ । पौडेल समूहबाट विष्णु मुस्कानको चर्चा महामन्त्रीमा अलिक धेरै छ ।