
पोखरा, १७ साउन । पोखराबाट नेपालगञ्ज सिधा हवाई उडान सेवा शुरू भएको छ ।
बुद्ध एयरले आज आइतबार पोखरा–नेपालगञ्ज पहिलो उडान गरेको हो । गण्डकी प्रदेशको राजधानी र नेपालगञ्ज जोड्ने गरी बुद्ध एयरले हप्ताको तीन दिन नियमित उडान गर्ने भएको छ ।
पोखरा–नेपालगञ्ज सिधा हवाई उडान पहिलो पटक शेडूअल अनुसार शुरू भएको हो । बुद्ध एयरले पहिलो चरणमा आइतबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन दिन पोखरा–नेपालगञ्ज उडान गर्ने जनाएको छ ।
१८ सिट क्षमताको बीचक्राप्ट १९०० डी सिरिजको जहाजबाट बुद्धले नेपालगञ्ज उडान गर्ने छ । यात्रुको चाप बढ्दै गए दैनिक वा ठूलो आकारको जहाज समेत चलाउने गरी उडान शुरू भएको कम्पनीले बताएको छ ।















प्रतिक्रिया