
काठमाडौं, १७ साउन । नेपाली बजारमा आज आइतबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ ।
साताको अन्तिम दिन गत शुक्रबार ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९२ हजार ४०० रुपैयाँमा झरेको छ । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज आइतबार चाँदीको मूल्य भने स्थिर छ । गत शुक्रबार १ हजार २८५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया