९ कार्तिक २०८३, सोमबार

मेलम्चीमा फेरि बाढी, एउटा भवनमा क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेलम्ची, १७ साउन । सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा आएको बाढीले रेडियो मेलम्चीको भवन बगाएको छ । शनिबार राति रेडियोको भवन बाढीले बगाएको हो । असार १ गते आएको बाढीले रेडियोको भवनमा क्षति गरेको थियो ।

हेलम्बु गाउँपालिका जोड्ने चनौटेको रातोपुल उच्च जोखिममा परेको छ । ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको छभने नदीको सतह बढेपछि ग्यालथुम बजार समेत जोखिममा रहेको प्रहरीले जनाएको छ ।

नदीमा बाढी आएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ। शनिबार राति काठ, दाउरा, ठूला ढुंगा र लेदोसहित मेलम्ची खोलामा भीषण बाढी आएको छ ।