
काठमाडौँ, १६ साउन । तुइनबाट महाकाली नदीमा एक पुरुष बेपत्ता भएको घटनामा एसएसबीले तुइन काटेको हल्ला गलत भएको भारतले दावी गरेको छ ।
दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटबाट ३३ वर्षीय जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएको उक्त घटनामा आफ्ना सुरक्षाकर्मीको संलग्नता नरहेको भारतले स्पष्ट पारेको छ ।
शनिबार पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेख्दै एसएसबीको संलग्नता नरहेको बताएका हुन् ।
भारतले लेखेको पत्रमा एसएसबीले तुइन काट्दा मान्छे खसेको भन्ने हल्ला एकदमै गलत भएको उल्लेख छ ।
महाकाली नदीमा बेपत्तालाई खोज्न भारतले पनि टोली गठन गरेको जनाएको छ ।












प्रतिक्रिया