७ कार्तिक २०८३, शनिबार

नबिल बैंक र डीभी एक्सिलसबीच कृषि कर्जा प्रदान गर्न सहकार्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । नबिल बैंक र डीभी एक्सिलसद्वारा खेती फार्म प्लेटफर्ममा दर्ता भएका किसानहरुको लागि कृषि साधन, रसायन, मशिनरी तथा अन्य आवश्यकताहरूलाई खरिद गर्नको लागी सहज वित्तीय पहु‘चको प्रदान गर्न सहकार्य गरेको छ ।

यस रणनीतिक साझेदारी अन्तर्गत किसानहरूलाई गुणात्मक बीउ र मल सुनिश्चित गर्न तथा सहज वित्तीय पहु‘च प्रदान गर्न नबिल बैंक, एक प्रमुख बैंकको रुपमा अगाडि बढेको छ ।

यसै गरी, किसानहरूले डीभी एक्सिलसबाट प्राविधिक सहयोग र बजारको सुनिश्च्तित्ताबाट लाभ लिन सक्दछन् ।

अनिल केशरी शाह, प्रमुख कार्यकारी अधिकृत, नबिल बैंक र देवेश प्रधान, निर्देशक, डीभी एक्सिलसले यस सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा नबिल बैंकका तर्फबाट सुजितकुमार शाक्य, नायब प्रमुख कार्यकारी अधिकृत निरज बस्नेत (डनिल), प्रमुख एसएम ई तथा लघुवित्त को उपस्थिति रहेको थियो ।

डीभी एक्सिलसको तर्फबाट किरण नायर, मुख्य संचालन अधिकृत तथा सुभाष भट्टराई, मुख्य प्रविधि अधिकृतको उपस्थिति रहेको थियो ।