३० आश्विन २०८३, शुक्रबार

उपत्यकामा खोप लगाउने बाहिरका बढी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । काठमाडौं उपत्यकामा सञ्चालित खोप अभियानमा उपत्यकाभित्रका भन्दा बाहिरका मानिस बढी सहभागी हुने गरेको पाइएको छ। जसलाई पनि खोप लगाउन दिने भएपछि उपत्यकाबाहिरबाट जहाज चढेर समेत आएको खोप अभियानमा सहभागी एक महिलाले बताइन्।

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले उपत्यकामा रैथानेबाहेक ३० देखि ४० लाख जनसंख्या उपत्यकाबाहिरबाट आएकाहरूको भएकाले त्यसो हुनु स्वाभाविक रहेको बताए।

अभियानमा क्रमशः उमेर समूह र अन्य आवश्यकताका आधारमा खोप प्राथमिकता निर्धारण गरिए पनि नक्कली कागजात बनाएर समेत खोप लगाउनेहरू धेरै भेटिएको भनी सुन्नमा आएको उनले बताए।

उपत्यकाबाहिर स्थायी घर भई यहीँ नै व्यवसाय, जागिर, व्यापार गर्नेहरूको संख्या धेरै भएकाले र विदेश जानेहरूले समेत उपत्यकामै आएर खोप लगाउने भएकाले खोप अभियानमा लक्षित संख्याभन्दा बढीलाई दिनुपरेको खड्काको भनाइ छ। ललितपुर महानगरपालिकाले शुक्रबारदेखि ४५ वर्ष माथिकालाई भेरोसेलको खोप अभियान चलाएको छ।

५० वर्ष माथिकालाई अहिलेको मौजुदा खोप लगाएर बढी हुने देखिएपछि ४५ वर्ष माथिकालाई पनि खोप दिन थालिएको ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले बताए। उनका अनुसार जिल्लामा तीन दिनभित्र ५० हजार जनालाई खोप दिने योजना छ। पवित्रा सुनारले नागरिक दैनिकमा समाचार लेखेकी छिन् ।