
काठमाडौँ, १५ साउन । पूर्वयुवराज पारस शाहले सडकमा प्रहरीसँग झगडा गरेका छन् ।
काठमाडौँको महाराजगञ्जस्थित सडकमा शुक्रबार साँझ ७:३० बजे हेलमेट नलगाई मोटरसाइकल लिएर हिँडेको अवस्थामा प्रहरीले रोकेपछि शाहले झगडा गरेका हुन् ।
प्रहरीले हेलमेट लगाएर हिँड्न भनेपछि शाहले उल्टै प्रहरीलाई थर्काएका छन् । महाराजगञ्ज चोक नजिकै प्रहरीसँग झगडा गरेको भिडियो अहिले भाइरल बनेको छ ।
भिडियोमा प्रहरीले तान्दै गरेको देखिन्छ भने शाहले जान्न भनेर थर्काएका छन् । डिउटीमा रहेका प्रहरीले वाकीटकीमा पारसले रक्सी खाएर हेल्मेट नलगाई हिडेकोले छिटो गाडी पठाउन भनेका छन् ।
भिडियो:















प्रतिक्रिया