काठमाडौं, १५ साउन । काठमाडौंको गोकर्णेश्वरमा ट्रकको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ ।
शुक्रबार बिहान करिब सवा ८ बजे गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ अत्तरखेलमा ट्रकले पैदलयात्रुलाई ठक्कर दिएको ट्राफिक प्रहरी कार्यालय बौद्धका प्रहरी निरीक्षक सुरजबहादुर खड्काले बताए ।
जोरपाटीबाट गोकर्णेश्वर जाँदै गरेको बा ४ ख १०२२ नम्बरको मिनी ट्रकले पैदल यात्रुलाई ठक्कर दिएको हो ।
दुर्घटनामा रामेछाप घर भई गोकर्णेश्वर बस्दै आएका ३० वर्षीय राजन खड्काको मृत्यु भएको छ ।











प्रतिक्रिया