९ कार्तिक २०८३, सोमबार

धनुषामा पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, ५ जना घाइते

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, १५ साउन । धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिकास्थित जनकपुरधाम–ढल्केबर सडक खण्डमा शुक्रबार बिहान पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

गाउँपालिकाको वडा नम्बर ४ सपहीमा बनाइएको डाइभर्सनमा प्रदेश २ को ००३५ नम्बरको पिकअप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

पुल बनाउनका निम्ति बनाइएको डाइभर्सनतिर नमोडिई खोलामा खस्दा पिकअप चालक महोत्तरीको भंगहा नगरपालिका ९ बस्ने दीपक यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका यादवको प्रादेशिक अस्पताल जनकपुरधामममा उपचारका क्रममा मृत्यु भएको सुनारले बताए ।

दुर्घटनामा दीपकका ३८ वर्षीया श्रीमती ऋचा यादव, १३ वर्षीय छोरा गेहेन्द्र यादव, ३९ वर्षीय भाइ नवीन, नवीनकी ३३ वर्षीया श्रीमती अम्बिका र मटिहानी नगरपालिकाका ४५ वर्षीय त्रिलोक यादव घाइते भएका छन् । घाइतेह┐को प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।