
काठमाडौँ, १४ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङबीच छलफल भएको छ ।
बिहीबार नेपाल निवास कोटेश्वरमा उनीहरुबीच एमाले कार्यदलले गरेको १० बुँदे प्रस्ताव कार्यान्वयनका विषयमा छलफल भएको हो ।
डेढ घण्टा भएको छलफलमा नेता नेम्वाङले एकतालाई निष्कर्षमा पुर्याउन आग्रह गरे पनि नेता नेपालले ठोस जवाफ नदिएको बताइएको छ ।
नेम्वाङले पार्टी एकताको बारेमा लामो कुराकानी भएको र अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेर बाँकी विषयलाई टुंगो लगाउँदै पार्टीलाई एक बनाउन अघि बढ्न आग्रह गरेका बताइएको छ ।
नेम्वाङले कार्यदलको १० बुँदे प्रस्तावको आधारमा रहेर एकता गर्न आग्रह गरेका थिए ।
नेता नेपालले शुक्रबार नेता विष्णु पौडेललाई पनि भेट्न मञ्जुरी गरेका छन् । त्यसपछि एकता सम्बन्धमा आफूले ठोस जवाफ दिने उनको भनाइ छ ।















प्रतिक्रिया