७ कार्तिक २०८३, शनिबार

धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयले सोध्यो तीन दिने स्पष्टिकरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ साउन । अर्थमन्त्रालयले धितोपत्र बोर्ड (सेबोन) लाई स्पष्टीकरण सोधेको छ ।

धितोपत्र बजारमा सेयर अवाञ्छित किनबेचको मुद्दामा धितोपत्र बोर्डकै अध्यक्षको संलग्नताको समाचारहरु आएपछि मन्त्रालयले सेबोनमाथि अल्टिमेटमसहित स्पष्टीकरण सोधेको हो ।

मन्त्रालयले बिहीबर एक सूचना जारी गर्दै वास्तविकता के हो ? स्पष्टीकरणसहित तीन दिनभित्र मन्त्रालयमा पत्र पठाउन बोर्डलाई अल्टिमेटम दिएको छ ।

बुक बिल्डिङ प्रणालीबाट साधारण शेयर निष्काशन गर्न लागेको सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको नाम समेत जोडिएर आएपछि बजारमा हल्लीखल्ली मच्चिएको छ ।

सर्वोत्तम सिमेन्ट र अध्यक्ष ढुंगानाबीचको सम्बन्ध, समाचार र वास्तविकता के हो ? सो बारे बताउन मन्त्रालयले सेबोनलाई स्पष्टीकरण सोधेको हो ।