आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

बालाजुस्थित सोफा फ्याक्ट्रीमा आगलागी, करोडौँको क्षति

दैनिक नेपाल २०७८ साउन १३ गते १९:०५

सांकेतिक तस्वीर

काठमाडौँ, १३ साउन । काठमाडौँको बालाजुस्थित एक सोफा फ्याक्ट्रीमा भीषण आगलागी भएको छ ।

प्रहरीले उक्त फ्याक्ट्रीमा वुधबार दिउँसो पौने ४ बजे विद्युत सर्ट भइ भीषण आगलागी भएको जनाएको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोली तथा स्थानीयबासीको प्रयासमा आगो नियन्त्रणमा आएको छ ।

आगलागीले तयारी एक सय थान सोफा तथा करोडौँको क्षति भएको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित