७ कार्तिक २०८३, शनिबार

प्रिमियर स्टीलः ३६ एम एममा नेपाल गुणस्तर प्रमाण प्राप्त गर्न सफल पहिलो नेपाली कम्पनी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ साउन । ३६ एम एमसमु्ह (क्याटोगरी) मा नेपाल गुणस्तर प्रमाण प्राप्त गर्न सफल प्रिमियर स्टील पहिलो नेपाली कम्पनी भएको छ ।

३६ एम एम को छड ठूला परियोजनाहरु जस्तैः हाइड्रो पावर, पुलतथा ड्यामहरुको निर्माणमा प्रयोग गर्ने गरिन्छ ।

यस अघि ३० एम एम को छड छिमेकी मुलुक भारतबाट वाअन्य मुलुकहरुबाट आयात गर्ने गरिन्थ्यो, यसले गर्दा निर्माण कार्यलाई केहीआपूर्तिमा ढिलाइ हुन सक्दथ्यो । अब उपरान्त नेपाल गुणस्तर प्रमाण प्राप्तप्रिमियर स्टिलको उत्पादनसँगै आयात गर्नु पर्ने अवस्था रहेको छैन ।

प्रिमियर स्टीलले एफई ५००, एफई ५००डी, ग्रेडेड टीएमटी रिबर, टोकरी स्टिल, बाइण्डिंग वायर तथा एसडब्लुजीको प्रयोग गरी उत्पादन गर्दै आएको छ ।

प्रदेश नम्बर १ को सबैभन्दा ठूलो स्टील कम्पनीका रुपमा स्थापित यस कम्पनीले दैनिक ८०० मेट्रिक टन उत्पादन क्षमता राख्दछ । कम्पनीले ८ एम एम देखि ४० एम एम सम्मका छडहरुको उत्पादन गर्दै आएको छ ।

“हामीले प्रिमियम बिलेटहरुको मात्र प्रयोग गरेर टीएमटी बार उत्पादन गर्दै आएको छौँ, यसले गर्दा हाम्रा उत्पादनहरु उच्चस्तरीयताको सुनिश्चितता प्रदान गर्न सक्षम भएका छन् । ३६ एम एम नेपाल गुणस्तर प्रमाण प्राप्त डन्डी पनि यसको एक ज्वलन्त प्रमाण हो । पूर्ण रुपमा कम्प्युटर कन्ट्रोल्ड मेसिनहरुको प्रयोग गरी उत्पादन गरिने भएको हुँदा हाम्रा उत्पादनहरु सधै उस्तै घनत्व एवं उच्चस्तरीय सर्फेसको साथबारको डायमिटर सधैं एकनासको प्राप्त गर्न सकिन्छ ।” प्रिमियर स्टिलका सेल्स एण्ड मार्केटिङ्ग डाइरेक्टर सौरभ सारडाले बताए ।