९ कार्तिक २०८३, सोमबार

सरकारद्वारा लुम्बिनीमा शेरचन र गण्डकीमा गुरुङलाई प्रदेश प्रमुखमा नियुक्त

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ साउन । सरकारले लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले शेरचनलाई लुम्बिनीको र गुरुङलाई गण्डकीको प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

बैठकले गण्डकीकी प्रमुख सीताकुमारी पौडेललाई हटाएर गुरुङलाई ल्याएको हो भने लुम्बिनीमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई पठाउने निर्णय गरेको हाे ।

संविधानको धारा १६३ को उपधारा ४ अनुसार एकै प्रदेशमा एउटै व्यक्ति दुई पटक प्रदेश प्रमुख बन्न नपाउने व्यवस्थाले गर्दा शेरचनलाई लुम्बिनी पठाइएको हो ।

त्यस्तै, अन्य प्रदेश प्रमुखहरुलाई पनि हटाउने भनिएकोमा मंगलबार मन्त्रिपरिषदले यसबारे निर्णय गरेन ।