२९ आश्विन २०८३, बिहिबार

राष्ट्रिय खुल्ला भलिबलमा आर्मी र सशस्त्र प्रहरीको विजयी सुरुवात

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

volleyballकाठमाडौँ २५, चैत । राष्ट्रिय खुल्ला पुरुष भलिबलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबले विजयी सुरुवात गरेका छन् ।

आज भएको उद्घाटन खेलमा आर्मीले आयोजक नयाँ बजार सामाजिक युथ क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो ।

आर्मीले सहजै जित निकाल्ने क्रममा आयोजकलाई २५–९, २५–२२ र २५–८ ले पराजित गर्‍यो । दोस्रो खेलमा एपीएफ क्लबले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–९, २५–१२ र २५–८ को सोझो सेटमा पराजित गर्‍यो ।

यसैगरी, आयोजक कमिटी र कलाकारबीच भएको मैत्रीपूर्ण खेलमा आयोजकले २–१ ले सफलता हात पारेको थियो । चार दिनसम्म चल्ने राष्ट्रिय खुला पुरुष भलिबलमा प्रतियोगिताको उपाधि बिजेताले रु एक लाख एक हजार १११ पुरस्कार पाउने छ ।

त्यस्तै उपबिजेताले रु ६० हजार ११ पाउनेछ । तेस्रो र चौथो हुने टोलीले क्रमसः रु ३५ हजार १११ र ११ हजार १११ पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु पाँच हजार, उत्कृष्ट सेटर, ब्लकर, डिफेन्डर र क्विकरले समान रु तीन÷तीन हजार पुरस्कार पाउने छन् । उत्ृकृष्ट प्रशिक्षकले पनि रु चार हजार पुरस्कार पाउने छन् ।

प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले गर्नुभएको थियो । रासस