१६ कार्तिक २०८३, सोमबार

जसपा आधिकारिकताको विषयमा तटस्थ बसे रेशम चौधरी

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ साउन । जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य रेशम चौधरी पार्टी विवादमा तटस्थ बसेका छन् ।

डिल्लीबजार कारागारबाट निर्वाचन आयोगमा सोमबार दिउँसो उपस्थित भएका चौधरी पार्टीको दुवै पक्षमा आफू नखुल्ने बताएका हुन् ।

उनले केहीबेर नेताहरुसँग छलफल समेत गरेका थिए । उनले आफू कुनै पनि पक्षमा नलाग्ने र मूल पार्टी जसपा भएकाले तटस्थ बस्ने बताएका थिए ।

त्यस्तै, उनी बाहिरिने क्रममा आफ्नो एजेण्डा न्याय, न्याय र न्याय रहेको पनि बताए ।