१६ कार्तिक २०८३, सोमबार

नेपालमा असोज १५ देखि कोरोनाको तेस्रो लहर आउन सक्ने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा असोज १५ देखि कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने जनाएको छ ।

मन्त्रालयका सहसचिव गंगा लोहनीले सोमबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका प्रयासहरूको विवरण तथा आगामी कार्यदिशा प्रस्तुत गर्दै असोज १५ देखि संक्रमणको तेस्रो लहर आउन सक्ने जनाएको हो ।

बैठकमा मंसिरमा पुनः संक्रमण बढ्न सक्ने अनुमान गरिएको छ । तर खोपको उपलब्धता तथा मानिसहरुको स्वास्थ्य मापदण्ड पालनाले संक्रमणको अवस्थालाई घटाउन वा बढाउन सक्ने आंकलन गरिएको छ ।