२९ आश्विन २०८३, बिहिबार

स्वर्गीय नायक श्रीकृष्णको अन्तिम चलचित्र कोहिनुर यूएईमा प्रदर्शन हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kohinoorदुबई, यूएई । लामो प्रयास र प्रतिक्षापछी अन्ततः आगामी अप्रिल १७ तारिक दुबईको गोल्डेन सिनेमा हलमा बहुप्रतिक्षित नेपाली चलचित्र कोहिनुर प्रदर्शन हुने भएको छ ।

प्राबिधिक समस्याले प्रदर्शनीको मिति पटक पटक सार्दै आएकोमा अप्रिल १७ तारिक अपरान्ह १ बजे दुबईको गोल्डेन सिनेमा हलमा कोहीनुर प्रदर्शन हुने भएको हो ।

यूएइका लागि कोहिनुर चलचित्रका आधिकारिक वितरक एभरेष्ट इन्टरनेशनल कन्सल्टेनसी प्रालिका प्रोपाइटर सालिक सुवेदीले नेपालमा रहेका फिल्म हलहरुको र दुबईमा रहेको फिल्म हलहरुको प्रबिधि अलग अलग भएकाले उक्त प्रविधिलाई यहाँको अनुरुप रुपान्तरण गर्न केही दिन लागेको भएपनि अब चलचित्र प्रदर्शनीको लागि सम्पूर्ण प्राबिधिक कार्य सकिएको बताए ।

shree-krishan-and-sweta-piyano-bajaudaiनेपालीचलचित्रको इतिहासमा सबैभन्दा सफलतथा स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र ‘कोहिनुर’ बिभिन्न देशमा प्रदर्शनीसँगै आगामी अप्रिल १७मा दुबईको गोल्डेन सिनेमा हलमा प्रदर्शनीको लागि ब्यबस्थापनको जिम्मा ग्लोबल ब्रिज कन्शलटेनटका प्रोपाइटर ज्ञानेन्द्रबहादुर कार्कीले लिएका छन ।

यो चलचित्र मुम्बईको कोठीमा जीवन चलाउन विवश नेपाली युवतीको कथामा आधारित छ । श्रीकृष्णले चेलीबेटीको विषयमा चलचित्र बनाउने सपना रहेको बताउदै आएका थिए । उनले आफ्नो सपना त पुरा गरेरै छाडे तर आफैले हलमा गएर हेर्न नपाई उनको निधन भएको थियो ।

श्रीकृष्णले आफ्नो अन्तिम चलचित्रलाई माया गर्न आफ्नु कलालाई आफना दर्शकलाई समर्पण गरेको बताएको अन्तिम अडियो सार्बजनिक भएको थियो ।

imagesनेपालमा करिब १२ करोड भन्दा माथि ब्यापार गरेको यो चलचित्र अष्ट्रेलिया, मलेसिया, अमेरिका, दक्षिण कोरिया लगायतका देशमा प्रदर्शन गरिसकेपछी यस दुबईमा प्रदर्शन हुन् लागेको हो ।

चलचित्र प्रदर्शनको जिम्मेवारी पाएको एभरेष्ट इन्टरनेशनलले सबैले नेपाली कला सँस्कृति साथै सदावहार नायक श्रीकृष्णलाई श्रद्धाञ्जली अर्पण गर्न पनि चलचित्र हेरिदिन सम्पूर्ण यूएईबासी नेपालीलाई आग्रह गरेको छ ।