
काठमाडौँ, १० साउन । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले आफ्ना ग्राहकहरुको साथ र मायाको कदर गर्दै धन्यवाद स्वरुप आफ्नो वार्षिकोत्सवमा बनाउन एनीभर्सरीअफर लिएर आएको छ ।
यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले सेलपेबाट फोनपेका जुनसुकै मचेन्टमा पहिलो भुक्तानी गर्दा १०% क्यासब्याक (रु. १००) सम्म र बम्पर उपहारमा ७ जना लक्की विजेताले सामसँग ग्यालेक्सी एफ२२ जित्ने मौका पाउनेछन् । यो योजनायहीश्रावन १० गतेदेखि साउन १६ गतेसम्म लागु हुनेछ ।
सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेको छ ।
वास्तविक समयमा भुक्तानी
सरल र सुरक्षित
बैंक खाताका साथै वालेटबाट पनि कारोबार गर्न सकिने
सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, ईन्स्योरेन्सको भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, फोनपे नेटवर्कका करीव ५ लाख मर्चेण्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेश भित्र गरिने मनी ट्रान्सफर, पी२पी, पी२बी, बी२पी, बी२बी आदि वास्तविक समयमा गर्न सकिन्छ । साथै ग्राहकहरुले सेलपे कार्ट सेवामार्फत सजिलै घरमै बसीबसी विभिन्न सामानहरु खरिद गर्न सक्नुहुनेछ ।
यस सेवामार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासँग आवद्ध भएका बैंकहरुका खाताका साथै वालेटबाट पनि ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । साथै ग्राहकहरुले सेलपेबाट फण्ड ट्रान्सफर गर्दा कुनै पनि शुल्क लाग्ने छैन ।
सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।
सेलपे एप्प डाउनलोड गरी वालेट लोडका साथै आजै आफ्नो बैंक खाता लिंक गर्नुहोस् ।















प्रतिक्रिया