१६ कार्तिक २०८३, सोमबार

काठमाडौँ उपत्यकामा थपियो साउन २० गतेसम्म निषेधाज्ञा, के-के खुलेको छैन ?

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० साउन । काठमाडौँ उपत्यकामा पुनः साउन २० गतेसम्म निषेधाज्ञा थपिएको छ ।

आइतबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले फेरि निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् ।

अझै सबै प्रकारका सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल रंगशालाहरु चल्न दिइएको छैन । त्यस्तै, खुल्ला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न तथा भोजभतेर गर्न पनि रोक लगाइएको छ ।

त्यसैगरी, शैक्षिक संस्था पनि बन्द नै रहनेछन् प्रशासनले जनाएको छ ।

यसबाहेक परीक्षा तथा सार्वजनिक यातायात स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्ने, लामो दुरीका यातायात सञ्चालन हुन दिने, पसल व्यवसाय साँझ ७ बजेसम्म सञ्चालन गर्न दिनेलगायतका निर्णय बैठकले गरेको छ ।