
झापा, १० साउन । कोरोना संक्रमणको दर बढेपछि झापाको विर्तामोड नगरपालिकाले एक साता लकडाउन गर्ने निर्णय गरेको छ ।
आइतबार सरकारवाला संघ संस्थाहरुसँगको संयुक्त छलफलले यस्तो निर्णय गरिएको हो ।
बिर्तामोड उद्योग वाणिज्य संघका प्रतिनिधि, कार्यपालिका सदस्य, स्थानीय प्रशासन र स्वास्थ्यकर्मीबीचको छलफलले तीन दिनपछि लकडाउन गर्ने निर्णय गरेको हो ।
बैठकको निर्णयअनुसार साउन १३ गते बुधबार राति १२ बजेदेखि साउन १९ गते राति १२ बजेसम्म नगरपालिका क्षेत्रभित्र लकडाउन गर्ने निर्णय भएको हो ।
यसअघि जिल्लाका केही स्थानीय तहहरुमा लकडाउनको घोषणा गरिएको छ ।












प्रतिक्रिया