१६ कार्तिक २०८३, सोमबार

श्रोत नखुलेको ४० लाखसहित पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

झापा, ९ साउन । झापा गाउँपालिका–२ बेलाईतीबारीबाट श्रोत नखुलेको नगद ४० लाख ३७ हजार ६ सय ७० रुपैयाँ सहित सोही ठाउँ बस्ने ४६ वर्षीय गौरी मण्डललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई शंका लागि जाँच गर्दा उक्त नगद फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।