
काठमाडौँ, ९ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १३ हजार ६९८ र एन्टिजेन विधिबाट ३ हजार ६१० एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार ११४ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ७ लाख ३३ हजार २६० जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार १९७ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख ४१ हजार ५६५ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ७५७ जना रहेको छ ।
हालसम्म १३ लाख ६६ हजार ४६ जनाले पूर्ण खोप लगाइसकेका छन् ।
२४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ६९५ जना पुगेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया