८ कार्तिक २०८३, आइतबार

प्रचण्डको टिप्पणी : भीम रावलमाथि प्रतिक्रयावादीको षडयन्त्र भयो

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले उपाध्यक्ष समेत रहेका गठबन्धनका नेता भीम रावलमाथि प्रतिक्रियावादीको षडयन्त्र भएको बताएका छन् ।

गठबन्धनका नेता रावलले प्रधानमन्त्रीलाई विश्वासको मत हाल्नुअघि नै सांसद् पदबाट राजीनामा दिएको विषयलाई प्रचण्डले प्रतिक्रियावादीको षड्यन्त्र भएको टिप्पणी गरेका हुन् । ‘गठबन्धनमा राम्रो भूमिका खेलेका साथीहरु राजीनामाको अवस्थासम्म पुग्नुभयो,’ प्रचण्डले भने, ‘प्रतिक्रियावादीले फेरि पनि गठबन्धन भत्काउने षडयन्त्र गरिरहेको छ ।’

प्रतिक्रियावादी शक्तिहरु अझै पनि कमजोरी खोजेर गठबन्धन भत्काउने प्रयासमा लागेको उनको भनाई छ । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नरबहादुर कर्माचार्यको आठौं स्मृतिसभामा प्रचण्डले गठबन्धनविरुद्ध घेरा हाल्नेहरु तत्कालका लागि पछारिए पनि परास्त भइनसकेको पनि बताएका छन् ।