
काठमाडौं, ९ साउन । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार ९७ जनामा कोभिड १९ संक्रमण देखिएको छ ।
यससँगै भारतमा कूल संक्रमितको संख्या ३ करोड १३ लाख ३२ हजार १५९ पुगेको छ । यस्तै, कोरोना भाइरस संक्रमणबाट ३५ हजार ८७ जना मुक्त भएका छन् ।
शनिबार बिहानसम्म भारतभर कूल सक्रिय संक्रमितको संख्या ४ लाख ८ हजार ९७७ रहेको छ । कोरोना संक्रमणका कारण थप ५४६ जनाको मृत्यु भएको छ । भारतमा संक्रमणका कारण ४ लाख २० हजार १६ जनाको मृत्यु भइसकेको छ ।















प्रतिक्रिया