४ कार्तिक २०८३, बुधबार

दश हजार रुपैयाँ लुट्न आफ्नै साथीलाई कोदालोले हानेर हत्या गरेपछि….

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paisa-Ghus-Thagi-Chitthaभक्तपुर, २५ चैत । भक्तपुरको चाँगुनारायण नगरपालिका तत्कालीन छालिङ गाविस–१ बस्ने वर्ष २३ का विशाल भनिने विश्वराम थापाको हत्यामा संलग्न रहेका एक जनालाई सर्वस्वसहित जन्मकैदको फैसला भएको छ ।

हत्या गरिएको पाँच दिन पछि २०६८ साल भदौ २९ गते पुरिएको अवस्थामा शव भेटिएको थापाको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका सोही गाउँका लुरे भनिने कुमार पहरीलाई भक्तपुर जिल्ला अदालतका न्यायाधीश लेखनाथ ढकालको इजलासले आज सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको हो ।

घरबाट रु ११ हजार लिएर साँझ निस्केका थापा स्थानीय सानुकान्छा तामाङको पसलमा तास खेल्दा उनीसँग पैसा देखेपछि बाटोमा ढुकेर स्थानीय गोकर्ण थापा, दीपक थापा समेतले कुटपिट गरी हत्या गरेको कुमार पहरीले स्वीकारेका छन् ।

हत्या गरेपछि दीपक थापाको घरबाट कोदालो ल्याई खाल्डो खनेर पुरेपछि तीनैजनाले निजको साथमा रहेको रु १० हजार ५०० र निजको साथमा रहेको मोबाइल रु नौ हजारमा बिक्री गरी तीनै जनाले रकम बाँडेर लिएको पहरीले स्वीकारेका छन् ।

पाँच दिनपछि कुकुरले खोस्रिएपछि हत्याको रहस्य खुलेको थियो । हत्यापछि विदेश गएका पहरी नेपाल आएलगत्तै प्रहरीले पक्राउ गरेको थियो ।

अदालतले पहरीलाई ज्यान मुद्दामा सर्वोस्वसहित जन्मकैद, चोरी मुद्दामा ३९ हजार जरिवानामा तथा थप चार वर्ष कैद सजायको फैसला सुनाएको अदालतका श्रेस्तेदार खड्गराज अधिकारीले जानकारी दिनुभयो ।

हत्यामा संलग्न रहेको पुष्टी गर्दै २०६९ साल साउन १५ गते भक्तपुर जिल्ला अदालतका न्यायाधीश रामप्रसाद वलीको इजलासले दीपक थापा र गोकर्ण थापालाई समेत जन्मकैदको फैसला सुनाए पनि पुनरावेदन अदालतले भने ती दुईलाई सफाइ दिएको छ । रासस