८ कार्तिक २०८३, आइतबार

दाहाल, नेपाल, वैद्य, चन्द, केसी र जोशी आज एउटै मञ्चमा देखिँदै

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ साउन । कम्युनिष्ट विचारधारा बोकेका फरक–फरक ६ वटा राजनीतिक दलका ७ जना शीर्ष नेताहरूले आज एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन् ।

पुष्‍पलाल मित्रता केन्द्रको आयोजनामा आज शुक्रबार दिउँसो साढे १२ बजे आयोजना हुने कार्यक्रममा उनीहरू एउटै मञ्चमा देखिने भएका हुन् ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले नेता माधवकुमार नेपाल, नेकपा महासचिव नेत्रविक्रम चन्द, क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी र एमालेकै महिला नेतृ अष्टलक्ष्मी शाक्यले एउटै मञ्चबाट सम्बोधन गर्न लागेका हुन् ।

‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ विषयक प्रवचनसहित श्रद्धान्जली कार्यक्रम हुने आयोजकले जनाएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यलयमा हुने कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भने निमन्त्रणा गरिएको छैन ।