८ कार्तिक २०८३, आइतबार

प्रतिनिधिसभा बैठक आज बस्‍दै, यस्ता छन् कार्यसूची

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ साउन । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ ।

आज दिउँसो १ बजे बस्‍ने बैठकमा नवनियुक्त प्रधानमन्त्रीलाई दलका नेताहरूले बधाई तथा शुभकामना दिने कार्यसूची छ । त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५७औँ वार्षिक प्रतिवेदन २०७७ पेश गर्ने कार्यसूचीमा उल्लेख छ ।

राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले कारागार विधेयकसम्‍बन्धी समितिको प्रतिवेदन २०७८ पेश गर्ने कार्यसूची पनि आजको बैठकमा राखिएको छ ।