३० आश्विन २०८३, शुक्रबार

नेपाल समूहले बनायो ‘पिपल्स भोलेन्टियर’

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ साउन । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले १ हजार १ सदस्यीय ‘पिपल्स भोलेन्टियर’ घोषणा गरेका छन्। बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा नेता नेपालले शिव श्रेष्ठको संयोजकत्वमा युथ भोलेन्टियर गठन भएको घोषणा गरेका हुन्। त्यसका सचिव मनोज खत्री छन्। युवा संघ नेपालका तर्फबाट त्यसको नेतृत्व गर्न सन्दीप राईलाई इन्चार्ज तोकिएको छ।

एमाले अध्यक्ष केपी ओली समूहको युवा संघले युथ फोर्स ब्युँताएपछि नेपाल समूहले पनि पिपल्स भोलेन्टियर ब्युँताएको हो। समूहले यसअघि नै अखिल फोर्स गठन गरिसकिएको छ। कार्यक्रममा माधवकुमार नेपाल समूहको युवा संघका केन्द्रीय अध्यक्ष नरेशकुमार शाहीले नवगठित समूहले ओली समूहको युथ फोर्सले जस्तै अराजक, आपराधिक र अनुशासनहीन काम नगर्ने वचन दिए।

गठित समूह सचेत युवाहरूको संगठन भएकाले अन्याय, अत्याचार, भ्रष्टाचार, विभेदविरुद्ध आँधीसरह खटिने दाबी उनले गरे। यसअघि पिपल्स भोलेन्टियरमा आबद्ध युवाहरूले मोटरसाइकल र्‍याली गर्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई काठमाडौंको कोटेश्वरदेखि भक्तपुरको सूर्यविनायकस्थित कार्यक्रमस्थल थापा पार्टी प्यालेससम्म स्कर्टिङ गरेका थिए। नागरिक दैनिकले खबर छापेको छ ।