
काठमाडौँ, ७ साउन । एमालेका नेता माधवकुमार नेपाल पक्षले पार्टीले सोधेको स्पष्टिकरणको जवाफ पेश गर्ने भएको छ ।
नेपालसहित २२ सांसदलाई पार्टीको निर्णय विपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि पार्टीको केन्द्रीय कमिटीको बैठकले स्पष्टिकरण सोधेको थियो ।
सो पक्षले संसदीय दल वा पार्टी कार्यालयमा आफ्नो स्पष्टिकरणको जवाफ बुझाउने बताएको छ ।
एमालेले नेता नेपालसहित जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, विरोध खतिवडा, भवानी खापुङ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, निरादेवी जैरु, कलिला खान, पुष्पाकुमारी कर्ण कायस्थ, सरला यादव, लक्ष्मी चौधरी र मेटमणि चौधरी, गोपाल बम, धनबहादुर बुढा, पार्वती विशंखे, समिना हुसेन, प्रेम आले, कृष्णकुमार (किसान) श्रेष्ठ, बिना बुढाथोकी र हीरा केसीलाई स्पष्टिकरण सोधेको थियो ।












प्रतिक्रिया