८ कार्तिक २०८३, आइतबार

पार्टीले सोधेको स्पष्टीकरणबारे माधव पक्षीय सांसदले दिए जवाफ, यस्तो छ तर्क

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ साउन । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि स्पष्टीकरण सोधिएका माधव नेपाल पक्षका एमाले सांसदले पार्टीलाई स्पष्टीकरणको जवाफ दिएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर पठाइएको जवाफमा प्रतिनिधिसभा पुनःस्थापनापछि विश्वासको मत नपाएका ओलीले राजीनामा दिनुपर्नेमा फेरि प्रधानमन्त्री बन्ने बाटो समातेकाले देउवालाई समर्थन गरेर ओलीलाई ढालेको बताएका छन् ।

प्रतिनिधिसभाको पुनःस्थापनापछि पार्टी अध्यक्ष ओलीले प्रधानमन्त्री र संसदीय दलको नेताबाट राजीनामा दिनुपर्ने भए पनि त्यसो नगरिएकाले पछिल्लो कदम चाल्नु परेको उनीहरुको तर्क छ ।

‘प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रधानमन्त्रीले संसदीय दलको नेताबाट राजीनामा दिई अन्य कुनै सदस्यलाई संसदीय दलको नेतामा चयन गरी संविधानको धारा ७६ को उपधारा ३ को सरकार बनाउनु पर्दथ्यो,’ एक जवाफी पत्रमा भनिएको छ, ‘तर, त्यसो नगरी तत्कालीन प्रधानमन्त्री नै धारा ७६ को उपधारा ३ अन्तर्गतको प्रधानमन्त्री नियुक्त हुनुभयो ।’

पार्टी र दलको निर्णयबिना नै संविधानका विभिन्न प्रावधानअन्तर्गत आफैं प्रधानमन्त्री बन्न खोज्नु पार्टीको विधान र राजनीतिक नैतिकताविपरीत कुरा भएको दाबी गरिएको छ ।