१६ कार्तिक २०८३, सोमबार

फ्लोर क्रस गर्नेलाई माफी दिने ओलीको घोषणा

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फ्लोर क्रस गरेका सांसदहरुलाई आममाफी दिने घोषणा गरेका छन् ।

बिहीबार पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित एक कार्यक्रममा उनले भने, ‘ बाटो बिराएका भड्किएका साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु, सबैलाई एम्नेष्टी इज ग्रान्टेड ।’

उनले थपे, ‘जे सुकै भएको होस्, एम्नेष्टी । आउनुस् मिलेर काम गरौं ।’

उनले एमालेलाई कसैले रोक्न नसक्ने पनि बताए । पुष्पलालले रोपेको र मदन भण्डारीले स्याहार सुसार र प्रवलीकरण गरेको भन्दै उनले भने, ‘यो कर्कलोको पातको पानी होइन, कसैले हल्लाउँदैमा भुँइमा खस्छ ।’

उनले दुनियाँ लाग्दा पनि सरकार ढाल्न नसकेपछि सर्वोच्चको परमादेशबाट ढालिएको बताए । उनले भने, ‘देशको प्रमुख राजनीतिक शक्ति हो, लोकतान्त्रिक आन्दोलनको प्रमुख राजनीतिक धार हो ।’