४ कार्तिक २०८३, बुधबार

छोरी बलात्कारको अभियोगमा बाबु जेल चलान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– योगी योगेन्द्र
संखुवासभा २५ चैत । छोरी बलात्कार गरेको अभियोगमा पक्राउ परेका बुवालाई जिल्ला अदालत चैनपुरले मंगलबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

पीडित बालिकाले इलाका प्रहरी कार्यालय चैनपुरमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई पक्राउ गरी जबरजस्ती करणी महलमा मुद्दा दर्ता गरेको थियो । १३ वर्षीया बालिकाको स्वास्थ्य परीक्षण जिल्लाको खाँदबारी अस्पतालमा गरिँदा बलात्कार पुष्टि भएको थियो ।

चैनपुरमै फागुन २६ गते १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा फागुन २९ गते पक्राउ गरिएका चैनपुर नगरपालिका– ९ दमाइ डाँडाका १९ वर्षीय सुर्यबहादुर विश्वकर्मालाई जिल्ला अदालत चैनपुरले पुरपक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

पीडितले बालिकाले फागुन २७ गते इलाका प्रहरी कार्यालय चैनपुरमा उजुरी दिएपछि पक्राउ गरी सोही दिन जबरजस्ती करणी महलमा मुद्धा दर्ता गरेको संखुवासभा प्रहरीले जनायो ।