८ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री देउवालाई भेट्न भारतीय हिन्दु धर्मगुरु बालुवाटारमा, देशको प्रगति हुने

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ साउन । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न भारतीय हिन्दु धर्मगुरु बालुवाटार पुगेका छन् ।

तीन दिनअघि नेपालको धार्मिक भ्रमणमा आएका जगतगुरु सुर्याचार्य कृष्णदेवनन्द गिरीजी महाराज (द्वारका)ले देउवालाई हिजो बुधबार अपराह्न बालुवाटारमै पुगेर भेट गरेका हुन् ।

सो अवसरमा देउवालाई स्वागत गर्दै आशीर्वाद ग्रहण गरेको बताइएको छ । धार्मिक कार्यमा विश्वास राख्ने देउवाले सो क्रममा धर्मगुरुसँग केहीबेर भलाकुसारी समेत गरेका थिए । सो क्रममा धर्म गुरुले देउवाको कार्यकाल सफल हुने योग देखिएको भन्दै दुई देशको सम्बन्ध पनि प्रगाढ बन्ने बताएको स्रोतको भनाइ छ ।

यस्तै देउवाको नक्षत्र राम्रो रहेकाले देशको प्रगति हुने पनि भविष्यवाणी धर्मगुरुको छ । कृष्णदेवनन्द गिरीजी भारतीय जनता पार्टीसँग निकट रहेको बताइन्छ ।