८ कार्तिक २०८३, आइतबार

एकतामा रुची नदेखाएको नेपाल समूह आज पीपुल्स भोलेन्टियर घोषणा गर्दै

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ साउन । कार्यदललले जे–जस्तो सहमति गरे पनि विभिन्न वहाना देखाउँदै पार्टी एकतामा अरुची देखाएको नेकपा एमालेको माधवकुमार नेपाल समूहले आज ‘पीपुल्स भोलेन्टियर’ (पीभी) ब्यूँताएर घोषणा गर्ने भएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओली समूहले युथफोर्स ब्यूँताएपछि समानान्तर गतिविधिलाई निरन्तरता दिँदै नेपाल समूहले एमालेकै आठौँ महाधिवेशनबाट विघटन भएको पीभी ब्यूँताउन लागेको हो ।

पीभीको घोषणा आज भक्‍तपुरको थापा पार्टी प्यालेसमा १२ बजे माधवकुमार नेपालले एक कार्यक्रमकाबीच गर्ने युवासंघका उपमहासचिव सञ्जीव राईले जानकारी दिए ।

त्यसो त नेपाल समूहको अखिलले यूथफोर्सलाई प्रतिवाद गर्न भन्दै तपेन्द्रजंग शाहीको संयोजकत्वमा अखिल फोर्स गठन गरिसकेको छ ।