
काठमाडौँ, ६ साउन । एमाले नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटीको बैठकले पार्टी एक हुनुपर्नेमै जोड दिएको छ ।
सो पक्षको बुद्धनगरमा बसेको बैठकले पार्टी एकतामा जोड दिएको नेताहरुले बताएका छन् ।
बैठकले पार्टीले आफूहरुलाई स्पष्टिकरण सोध्ने तथा पुत्ला जलाउने कार्यक्रम रोकेर एकताको प्रक्रियामा अघि बढ्नुपर्ने माग रोखेको छ ।
सो पक्षले स्पष्टिकरणले एकतामा भाँजो गरेको समेत आरोप लगाएको छ ।
अदालतले सांसदहरुलाई आफ्नो विवेक प्रयोग गर्न भनेकोले स्पष्टिकरणको कुनै अर्थ नभएको उनीहरुले दावी गरेका छन् ।
पार्टीको केन्द्रीय कमिटी बैठकले पार्टीको निर्णय विपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको भन्दै स्पष्टिकरण सोधेको छ ।












प्रतिक्रिया