१६ कार्तिक २०८३, सोमबार

के नेपाल पक्ष सरकारमा जान्छ त ?

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ साउन । नेकपा एमालेका नेता माधव नेपाल पक्ष सरकारमा तत्काल नजाने तर आफ्नो पक्षमा सांसदको संख्या बढाउने भएको छ ।

मंगलवार नयाँ बानेश्वरस्थित अर्याल होटलमा बसेको बैठकमा सांसद संख्या कसरी बढाउनेबारे छलफल गरेको बताइएको छ ।

आफ्नो पार्टीको सरकार ढालेर आफैँ अलपत्र परेको उक्त समूह अब नयाँ पार्टी खोल्ने वा आत्मलोचना गरे एमालेमा फर्किने भन्ने नैतिक संकटमा परेको छ । दुवै विकल्पमा नेपाल लगायत सो पक्षलाई सहज छैन । त्यस्तै दोस्रो पुस्ताका नेताहरुको त राजनीतिक भविष्य नै अन्योल बनेको अवस्था छ ।

अरुको मात्रै गल्ती देखिरहेका नेपाल पक्षका नेताहरु आफूतिर हेर्न भने हिच्किचाइरहेको छन् ।

त्यस्तै, पार्टीले सोधेको २४ घण्टे स्पष्टिकरणको पत्र हालसम्म आफूहरुले नपाएको सो पक्षका नेताहरुले बताएका छन् ।

नेताहरुले आज समसामयिक विषयमा छलफल भएको तथा आफ्नो पक्षको भूमिका के हुनेबारे कुराकानी भएको बताएका छन् ।

त्यस्तै, नेपाल पक्षका सांसदहरुले आफ्नो पार्टी प्रतिपक्षी भएकाले सरकार जाने आफूहरुको एजेण्डा नरहेको बताएका छन् ।

सो पक्षले अब के गर्छ भन्ने कुराले एमालेको एकता प्रक्रिया निर्भर रहेको बताइएको छ । यद्यपि अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुलाई भने आफ्नै पार्टीलाई धोका दिने सांसदहरुलाई पार्टीबाटै निष्काशन गरिनुपर्ने माग राख्दै आएका छन् ।