
काठमाडौँ, ५ साउन । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा प्रदेशका अध्यक्षहरुले ब्रिफिङ गर्दै भोलिसम्मका लागि स्थगित भएको छ ।
बैठकमा सातै वटा प्रदेशका अध्यक्षहरुले ब्रिफिङ गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जनाएका छन् ।
बैठकले पार्टीको निर्णय विपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदहरुलाई कारवाहीबारे कुनै निर्णय गरेन ।
सोमबार २४ घण्टे स्पष्टिकरण सोधेको बैठकले आज त्यस विषयमा केही छलफल गरेन । २४ घण्टाको समय सीमा नसकिएका कारण त्यसबारे कुनै निर्णय नगरिएको ज्ञवालीले बताए ।
स्पष्टिकरण सोधिएका सांसदहरुले पत्र नपाएका र पत्र हात पारेपछि मात्र २४ घण्टाको अल्टिमेटम सुरु हुने ज्ञवालीले जनाए ।
बैठक पुनः भोलि ३ बजे बस्नेछ ।












प्रतिक्रिया