१६ कार्तिक २०८३, सोमबार

थप ३ हजार १०८ जनामा कोरोना संक्रमण, २५ को मृत्यु, १५ सय ९५ निको

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ५ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप ३ हजार १०८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १३ हजार १३५ जनाको स्वाब परीक्षण हुँदा ३ हजार १०८ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा १ हजार ५९५ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख ३४ हजार ९२७ जना पुगेको छ । यो निको हुनेमा ९४.६ प्रतिशत हो ।

२४ घण्टामा थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ६०७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म ७ लाख २१ हजार ६१७ जनाको पीसीआर र एन्टिजेन परीक्षण गरिसकिएको छ ।