
काठमाडौं, ५ साउन । बागलुङमा विषाक्त रक्सी खाएर चार जनाको मृत्यु भएको घटनाको छानबिनका लागि अनुसन्धान समिति गठन भएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख डीएसपी इकवाल हवारीको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरिएको हो । समितिको सदस्यमा प्रहरी अधिकारीहरू छन् ।
अहिलेसम्म घटनामा संलग्न दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पसल सञ्चालक भद्रबहादुर थापा र स्थानीय भक्तबहादुर बलाल रहेका छन् । मृतकको पोष्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धान अगाडि बढाइने डीएसपी हवारीले बताए ।
सोमबार बेलूकी गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तीको विषाक्त रक्सी सेवनका कारण मृत्यु भएको थियो ।
सँगै रक्सी खाएका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको अवस्था गम्भीर रहेको र धवलागिरि अस्पतालमा उपचार भइरहेको छ ।















प्रतिक्रिया